०१ असार २०८३, सोमबार

एनसेललाई मोबाइल डाटाको शुल्क घटाउन प्राधिकरणको निर्देशन

असार १३, २०७६
एनसेललाई मोबाइल डाटाको शुल्क घटाउन प्राधिकरणको निर्देशन

काठमाडौं– नियामक नेपाल दूरसञ्चार प्राधिकरणले निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई डाटा (इन्टरनेट)को मूल्य घटाउन निर्देशन दिएको छ । 

नियमित (प्याकबाहेकको) मोबाइल इन्टरनेट डाटामा सरकारी कम्पनी नेपाल टेलिकमको तुलनामा ३ गुणा महँगो देखिएको भन्दै प्राधिकरणले एनसेललाई प्रतिएमबी २ रुपैयाँ कायम गर्न निर्देशन दिएको हो ।
यसबाट एनसेलको नियमित डाटा ट्यारिफ प्रतिएमबी ३ रुपैयाँ रहेकोमा एक रुपैयाँ सस्तिनेछ ।

 जब कि टेलिकमको प्रतिएमबी १ रुपैयाँ ट्यारिफ दरमा नियमित डाटा बिक्री गर्दै आएको छ । प्रतिएमबी डाटाको मूल्य २५ पैसासम्म घटाउन सकिने भन्दै ट्यारिफ स्वीकृतिका लागि निवेदन दिएको एनसेललाई प्राधिकरणले एक रुपैयाँ घटाउन लगाएको हो । नयाँ पत्रिकामा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्