१० असार २०८३, बुधबार

आफ्ना नागरिकको डिपोर्टप्रति अमेरिका असन्तुष्ट

असार १३, २०७६
आफ्ना नागरिकको डिपोर्टप्रति अमेरिका असन्तुष्ट

काठमाडौं– चीनको आग्रहमा अमेरिकी नागरिकलाई विमानस्थलबाटै फिर्ता गरिएको प्रति अमेरिकी दूतावासले असन्तुष्टि व्यक्त गरेको छ  । 

‘विदेशी सरकारको आग्रहको आधारमा अमेरिकी नागरिकलाई नेपाल सरकारले डिपोर्ट गरेकामा अमेरिकी दूतावास आहत भएकाे छ’ राजदूतावासकी प्रवक्ता एन्डी बडी आर्मेन्टले भनिन्, ‘अमेरिकी नागरिकले नेपालमा प्रवेश गर्न अन्य विदेशीको अनुमति चाहिने हो कि होइन भन्ने कुरा हामी नेपाल सरकारसँग जान्न चाहन्छौं ।’

अध्यागमन विभागले अमेरिकी नागरिक पेम्पा छिरिङलाई दलाई लामाको चेला भएको आशंकामा बुधबार त्रिभुवन विमानस्थलबाटै फिर्ता पठाइदिएको थियो । कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्