२३ जेठ २०८३, शनिबार

विद्यार्थीलाई पढ्नका लागि प्रेरित गर्न दूधको प्याकेटमा कथा छापियो

विद्यार्थीलाई पढ्नका लागि प्रेरित गर्न दूधको प्याकेटमा कथा छापियो

काठमाडौं – युरोपको स्लोभेनियामा दूधको प्याकेटमा कथा छापिने गरेको छ । 

देशमा साक्षरता दर घट्दै गएकाले बच्चाहरूलाई किताब पढ्नका लागि प्रेरणा दिन तथा उनीहरूमा सकारात्मक विचार प्रोत्साहन गर्न यसो गरिएको हो । 

बच्चाहरू सुत्ने बेलामा बुवाआमाले सुनाउने कथा नै प्याकेटमा छापिएको हो । 

यो पहलको शुरूआत युरोपको मार्केटिङ एजेन्सी फ्युचरा डीडीबी ल्युबल्याना र रिटेलर कम्पनी स्पार स्लोभेनियाले मिलेर गरेका हुन् । 

हालै गरिएको एक सर्वेक्षणमा स्लोभेनियाको साक्षरता दर युरोपका अन्य देशको तुलनामा औसतभन्दा पनि कम छ । त्यहाँ प्रत्येक चारमध्ये एक व्यक्तिले आफ्नो भाषा पढ्न सक्दैन । बच्चाहरूमा किताब पढ्ने बानी घटेको छ । 

त्यसैले गर्दा यो पहल शुरू गरिएको हो । मानिसहरूको भाषामा सुधार ल्याएर साक्षरता दर बढाउने अपेक्षा गरिएको छ । 

लेखक बोस्जन गोरेन्क–पिजामा दूधको प्याकेटमा छापिने कथा लेखिरहेका छन् । केही कथा चाहिँ अभिभावकहरूका लागि लेखिएको छ । उनीहरूले पनि सुत्नुअघि आफ्नो पढ्ने बानी सुधारून् भनी यसको गरिएको हो । 

कथा सुनाउँदा बच्चा र अभिभावकहरूबीच प्रेम र लगाव बढ्ने अपेक्षा गरिएको छ । अनि राति अबेरसम्म फोन र ट्याब्लेट चलाउने बानीमा छुट्नेछ ।

दूधको प्याकेटमा छापिने कथाहरू द मिल्क बूक्स नामबाट प्रसिद्ध छ । यसले घरहरूमा किताब पढ्ने बानीलाई पुनर्जीवित गरेर खुशी ल्याइरहेको छ । 

सरकारले स्लोभेनियाका विद्यालयलाई आर्थिक सहायता दिने अनि पुस्तकालयका लागि धेरै किताब किन्ने योजना ल्याएको छ । पढ्ने बानीलाई यसले प्रवर्द्धन गर्छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्