३० जेठ २०८३, शनिबार

लुगा लगाएका महिलालाई पनि नग्न देखाउने याप सार्वजनिक, प्रतिबन्ध लगाउन माग

लुगा लगाएका महिलालाई पनि नग्न देखाउने याप सार्वजनिक, प्रतिबन्ध लगाउन माग

काठमाडौं – महिलाहरूको झूटो नग्न तस्वीर बनाउनका लागि कृत्रिम प्रज्ञा र आल्गोरिदम प्रयोग गर्ने याप विकसित गरिएको छ । 

यापको नाम डीपन्युड हो र यसले सामाजिक सञ्जालमा अप्लोड गरिएको कुनै पनि महिलाको तस्वीरबाट सबै लुगा हटाइदिन्छ । यो याप प्रयोग गरेर महिलालाई ब्ल्याकमेल गरिन सक्ने भन्दै यसमाथि प्रतिबन्ध लगाउन माग उठेको छ । 

यापको खबर सार्वजनिक भएपछि यसलाई अन्लाइनबाट हटाइएको छ । धेरै मानिसले यसमा चासो देखाएकाले अहिलेलाई यसलाई अफलाइन बनाइएको डिभेलोपरहरूले बताएका छन् । 

अज्ञात डिभेलोपरहरू यापमा भएको समस्यालाई सुधारेर केही दिनमा फेरि आउने बताएका छन् । 

यापको फ्री भर्जनमा तस्वीरहरूलाई ठूलो वाटरमार्कले ढाकिएको छ । 

याप डाउनलोड गर्न ५० डलर तिर्नुपर्छ र त्यसपटि वाटरमार्क हट्छ । तर फेक (झूटो) लेखिएको स्ट्याम्प मास्तिरको देब्रे कुनामा भेटिन्छ । 

यो यापलाई क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धाताहरूले सन् २०१७ मा बनाएको विश्वास गरिएको छ । 

यापले महिलाहरूको मात्र झूटो नग्न तस्वीर बनाउँछ । पुरुषको तस्वीर बनाउन खोज्दा योनिसहितको पुरुष बनाइदिन्छ । 

डीपन्युड वेबसाइटले आफूलाई अफलाइन अटोमेटेड सफ्टवेयर भनेको छ जसले फोटो बदलेर झूटो नग्न तस्वीर बनाउँछ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्