
काठमाडौं – प्रभु बैंक लि.ले अष्ट्रेलियाको सिड्नी, भारतको राजधानी दिल्ली, मलेसियाको राजधानी क्वालालाम्पुर, कतारको राजधानी दोहा र संयुक्त अधिराज्य बेलायतको एल्डरसट शहर गरी विभिन्न ५ मुलुकमा आप्mनो सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको छ ।
प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अधिनमा रही प्रभु बैंकले ६ महिनाभित्र सम्बन्धित देशका नियामकीय निकायबाट उल्लेखित स्थानहरूमा बैंकको सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न स्वीकृति प्राप्त गरी नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि सम्बन्धित सबै सम्पर्क/प्रतिनिधि कार्यालयहरूबाट बैंकले आप्mनो सेवा प्रारम्भ गर्नेछ ।
हालसम्म देशभरका १८६ शाखा कार्यालय, १३९ वटा एटीएम तथा २३ वटा एक्सटेन्सन काउण्टर कार्यालयहरू सहितको सञ्जालका माध्यमबाट १२ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराइरहेको प्रभु बैंक लिमिटेडले अब विदेशमा पनि आप्mनो सेवा विस्तार गर्न गइरहेको बैंकले जनाएको छ ।
प्रभु बैंकका विदेशस्थित ५ वटा सम्पर्क/प्रतिनिधि कार्यालयहरू सञ्चालनमा आएपश्चात् प्रभु बैंकको सञ्जाल विदेशमा पनि विस्तार हुनेछ भने यसबाट अन्तर्राष्ट्रिय व्यापारमा टेवा पुग्ने तथा सम्बन्धित देशमा रहनुहुने ग्राहकहरूलाई सहज एवं सरल रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपलब्ध हुने दाबी बैंकले गरेको छ ।