२१ जेठ २०८३, बिहीबार

मकवानपुरमा विषालु च्याउ खाँदा मृत्यु

मकवानपुरमा विषालु च्याउ खाँदा मृत्यु

मकवानपुर – जिल्लाको विकट गाउँ राम्सिराङमा विषालु च्याउ खाँदा १ बालिकाको मुत्यु भएको छ भने ३ जना बिरामी परेका छन् ।

जंगली च्याउ पकाएर खाँदा बिरामी भएकामध्ये १३ वर्षीया बुञ्जीमाया प्रजाको मृत्यु भएको स्थानीय धिराङ आधारभूत विद्यालयका प्रधानाध्यापक बाबुलाल घलानले जानकारी दिए ।

विषालु च्याउ खाएर ३ दिनदेखि बिरामी रहेका चेपाङ परिवारका ४ जनामध्ये १ जनाको मृत्यु भएको राक्सिराङ–७ का वडाध्यक्ष कुलबहादुर प्रजाले जानकारी दिए ।

च्याउ खाँदा उनका ४५ वर्षीया बाबु डिबबहादुर चेपाङ, १८ वर्षीया दाई बच्चालाल चेपाङ र सात वर्षीय भाइ बाल्टा चेपाङ सिकिस्त बिरामी परेका प्रअ घलानले जानकारी दिए । घलानका अनुसार कक्षा ६ मा पढ्ने बुन्जीमायाको मृत्यु भएपछि मात्रै च्याउ खाएर बिरामी भएको घटना बाहिरिएको हो । 

बिरामीलाई उपचारका लागि अस्पताल लैजाने प्रयास भइरहेको र विकट भएकै कारण अस्पताल लैजान समस्या परेको वडाध्यक्ष प्रजाले बताए । ढिलोगरी जानकारी आएपनि घटनास्थलतर्फ प्रहरी टोली परिचालन भइसकेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक वीरेन्द्र पनेरुले बताए ।

salt training

कमेन्ट गर्नुहोस्