२३ जेठ २०८३, शनिबार

प्रधानमन्त्री ओलीले गरे वृक्षरोपण

प्रधानमन्त्री ओलीले गरे वृक्षरोपण
फाइल फोटो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर–कलंकी सडकखण्डमा शनिवार वृक्षरोपण शुभारम्भ गरेका छन् । 

राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा प्रधानमन्त्री ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रापेर वृक्षरोपणको शुभारम्भ गरेका हुन् । 

वृक्षरोपण गर्दै उनले यसबाट काठमाडौं उपत्यकालाई हराभरा पार्न मद्दत पुग्ने बताए । 

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको उक्त कार्यक्रममा विभागीयमन्त्री शक्तिबहादुर बस्नेत, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा. युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याललगायतले वृक्षरोपण गरेका थिए । 

चालू आर्थिक वर्ष २०७५/७६ मा कोटेश्वरदेखि कलंकीसम्मको सडकखण्डमा ठाउँ-ठाउँमा १० प्रकारका दुई हजार ७ सय बिरुवा रोपण गरिने आयोजक वन तथा वातावरण मन्त्रालयले जनाएको छ । देशभर चालू आवमा असारे फूल, तेजपात, राजवृक्ष, पैँयु, कपुरलगायतका पाँच करोड बिरुवा रोपिने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्