
एजेन्सी- आईसीसी विश्वकप-२०१९ अन्तर्गत आइतवार आयोजक इंग्ल्याण्ड र भारत आमनेसामने हुँदैछन् ।
यस म्याचमा भारतले निलो जर्सी नलगाउने भएको छ । उक्त म्याचमा भारतीय टीम सुन्तला रङको जर्सी लगाएर मैदानमा उत्रने भएको हो ।
बीसीसीआईको आधिकारिक ट्विटर ह्याण्डलमार्फत जर्सी सार्वजनिक गरेको हो ।
उक्त जर्सी अहिले चर्चामा छ र विवादित पनि । जर्सीको रङलाई लिएर कांग्रेस तथा समाजवादी पार्टीका नेताहरूले विरोध गरेका थिए ।
यसबारे आईसीसीले प्रस्ट भनिदियो, 'बीसीसीआईलाई रङको केही विकल्प दिइएको थियो र उनीहरूले यही नै रोजे । यो यसकारण गर्नुपर्यो कि इंग्ल्याण्डको पनि भारतको जस्तै निलै रङको जर्सी छ । यो डिजाइन भारतको पुरानो टी-ट्वान्टी जर्सीसँग लिइएको हो ।'
Presenting #TeamIndia's Away Jersey 🤩🤩🇮🇳🇮🇳 What do you make of this one guys? #TeamIndia #CWC19 pic.twitter.com/TXLuWhD48Q
— BCCI (@BCCI) June 28, 2019