
काठमाडौं- हिमालयन बैंक लिमिटेडले आफ्नो ५९ औं शाखा काठमाडौंको सुकेधारामा सञ्चालनमा ल्याएको छ ।
सो शाखाको समुद्धघाटन बैंक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले एक समारोहका बीच गरे ।
अध्यक्ष श्रेष्ठले नेपालको आधुनिक बैंकिङ क्षेत्रमा हिमालयन बैंक सुरक्षित, भरपर्दो र विश्वसनीय भएको र यस नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंक लिमिटेडले ग्राहकलाई अत्याधुनिक बैंकिंङ सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरूलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले समृद्धिका लागी साना तथा मझौला उद्यम तथा व्यवसायको वृहत प्रवर्द्धनआवश्यक रहेको र त्यसका लागी हिमालयन बैंक उत्पादनशील क्षेत्रमा कृयाशिल त्यस्ता व्यक्तिहरूलाई सहयोग गर्दै अगाडि बढ्ने बताए ।
उनले समग्र महानगरबासीको समृद्धि यात्रामा हिमालयन बैंक सम्बन्धित निकायहरूसँग सहकार्य गरेर अघि बढ्ने धारणा राखे ।
बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रयमासको अन्त्यसम्मा १ खर्ब १२ अर्ब २६ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरी कर्जा सापटको रूपमा उत्पादनशील व्यावसायिक तथा आधारभूत क्षेत्रमा ९८ अर्ब ५३ करोड २० लाख रुपैयाँ लगानी गरेको छ ।