१९ असार २०८३, शुक्रबार

धादिङमा पास्नी भोज खाँदा २५ जना बिरामी

धादिङमा पास्नी भोज खाँदा २५ जना बिरामी

काठमाडौं- धादिङमा पास्नी भोज खाँदा २५ जना बिरामी भएका छन् । 

गजुरी गाउँपालिका-५ चिसापानीमा शनिवार राजाराम मिजारको छोरीको पास्नी भोज खाँदा 'फूड पोइजन' हुँदा २५ जना बिरामी भएको प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

भोज खाँदा बिरामी हुनेहरूमा गजुरी गाउँपालिका-५ का राजाराम मिजार, सुजित बिसुन्के, सिता बिसुन्के, सुस्मिता हराल, कृष्ण बहादुर मग्राती, सितामाया मिजार, चनमति मिजार, हरिमाया बिक जुनामाया मग्राती, सुकुमाया मिजार, जुरेली मिजार, सन्त मान श्रेष्ठ, हिरा श्रेष्ठ, प्रतिमा मिजार, प्रदिप मिजार, सर्मिला श्रेष्ठ ,प्रमिला मिजार, पार्वती बयलकोटी, लक्षम्ण बयलकोटी, गिता मगर, कोपिला मिजार, काइली मिजार, राजकुमार बिक, रेशम लाल श्रेष्ठ, अस्मिता बिसुन्के रहेका छन् । 

बिरामीहरूको अवस्था सामान्य रहेको र उनीहरूको उपचार गजुरी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्