३१ जेठ २०८३, आइतबार

माछा मार्दा डुबेर एकको मृत्यु

माछा मार्दा डुबेर एकको मृत्यु

गुल्मी -माछा मार्ने क्रममा खोलामा डुबेर गुल्मीमा एक युवकको आज मृत्यु भएको छ ।

गुल्मी इस्मागाउँपालिका–६ अन्तर्गत अमरपुरका ३५ वर्षीय होमबहादुर कुमालको आज अपराह्न रेसुङ्गानगरपालिका–३ अन्तर्गत छल्दीखोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खड्काले बताए ।

बिहान माछा मार्नका लागि एक्लै घरबाट जाल बोकेर निस्किएका उनी माछा मार्ने क्रममा ढुङ्गाबाट चिप्लिँदा धमिलो पानीको रहमा डुब्दा घटनास्थलमै ज्यान गएको हो ।

कुमालको शवलाई परीक्षणका लागि गुल्मी अस्पताल तम्घास ल्याई पु¥याइएको छ । उनको आइतबार मात्रै शवपरीक्षण गरिने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्