२५ असार २०८३, बिहीबार

उपमेयर कप : महिला टीमलाई पाँच लाख पुरस्कार प्रदान

उपमेयर कप : महिला टीमलाई पाँच लाख पुरस्कार प्रदान

विराटनगर- विराटनगर महानगरपालिकाले उपमेयर कप महिला फुटबल प्रतियोगिता विजेता टीमलाई शनिवार नगदसहित सम्मान गरेको छ ।

महानगरपालिका प्रमुख भीम पराजुलीले उपमेयर कप महिला फुटबल प्रतियोगिता जित्न सफल विराटनगरको टीमलाई पाँच लाख रुपैयाँसहित सम्मान गरेका हुन् । 

उनले विराटनगर खेलकूदप्रति सशक्त छ भन्ने सन्देश दिइएको बताउँदै खेलकूद क्षेत्रको विकासका लागि महानगरपालिकाले नीति तथा कार्यक्रममा विशेष उल्लेख गरेको जानकारी दिए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव  अधिकारी  र महिला टीमका व्यवस्थापक उद्धव अर्यालले विराटनगरको टिमले निकै मजबुत मानिएका टोलीलाई हराएर उपाधि जितेको बताउँदै महानगरले खेलकूद नगर परिषद् गठन गरी क्रिकेट/फुटबलतर्फ ५०/५० महिला, पुरुषतर्फ १००/१०० लाई प्रशिक्षण दिई दक्ष बनाउन आउने आर्थिक वर्षमा काम गर्ने जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्