२३ असार २०८३, मंगलबार

दुई मन्त्रालयको तानातानमा समाज कल्याण

असार १६, २०७६
दुई मन्त्रालयको तानातानमा समाज कल्याण

काठमाडौं– समाज कल्याण परिषद् महिला मन्त्रालय वा गृहमन्त्रालय मध्ये कोसँग रहने भन्ने विवाद सुरु भएको छ । 

महिला मन्त्रालयले केही दिनअघि एक कार्यदल गठन गरी परिषद्लाई आफू मातहत राख्न विधेयकको मस्यौदा तयार पारेको थियो । 

तर, गृह मन्त्रालयले सहमतिविपरित आफू मातहत ल्याउन अर्को विधेयक मस्यौदाको तयारी सुरु गरेको खबर नेपाल समाचारपत्र दैनिकमा छापिएको छ । 

प्रधानमन्त्री कार्यालयको निर्देशनमा महिला मन्त्रालयले केही दिनअघि एक कार्यदल गठन गरी विधेयक मस्यौदा बनाएको थियो । अहिले आएर गृहले फेरि सुटुक्क अर्को प्रक्रिया थालेपछि विवाद भएको समाचार सार रहेको छ।  
 

salt training

कमेन्ट गर्नुहोस्