१५ असार २०८३, सोमबार

‘कू’ को साइत हेराएर राजा महेन्द्रले बोलाएका थिए मध्यरातमा संसद बैठक

असार १६, २०७६
‘कू’ को साइत हेराएर राजा महेन्द्रले बोलाएका थिए मध्यरातमा संसद बैठक

काठमाडौं–राजा महेन्द्रले ज्योतिषलाई नै साइत हेराएर संसद बैठक बोलाएपछि केही समयमै जननिर्वाचित संसद भंग भयो । 

२०१५ साल फागुन ७ गतेबाट सुरु भएको निर्वाचनको परिणाम छिटै आएपनि महेन्द्रलाई त्यो संसद जीवित गर्ने मन नभएकाले भंग गरिएको जान्ने बुझ्नेहरुको भनाई छ । 

संसद बैठक राती बोलाइएकोबारे संसद सचिवालयले प्रकाशित गरेको सूचना यस्तो थियो–नेपाल अधिराज्यको संविधानको धारा २६ अनुसार, श्री ५ बाट जनप्रतिनिधिलाई संसद २०१६ साल, असार १६ गते, रोज ३ मा रातको ११ः४५ बजे ग्यालरी बैठक, काठमाडौंमा आह्वान गरिबक्सेकाले सर्वसाधारणको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

राजा महेन्द्रले पहिलो महासभालाई साउन ९ र दोस्रो सम्बोधन चैत १८ गते गरेका थिए । २०१५ साल जेठ २ गते सुवर्ण शमशेर राणाको नेतृत्वमा बनेको मन्त्रिपरिषद्ले निर्वाचन गराएको थियो । निर्वाचनपछि नेपाली काँग्रेसले बहुमत ल्यायो । 

त्यसपछि ०१६ जेठ १६ गते बिपी कोइराला प्रधानमन्त्री बने । तर, २०१७ पुस १ गते महेन्द्रले संसद भंग गरिदिए । 

सोमबार संघीय संसद भवन नयाँ वानेश्वरमा संसद दिवस मनाइँदैछ । हरेक वर्ष असार १६ लाई संसद दिवसको रुपमा मनाइने गरिएको छ।  नेपाल समाचारपत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्