१३ असार २०८३, शनिबार

संखुवासभामा विप्लवका २ कार्यकर्ता अझै सम्पर्कविहीन : प्रहरीले समातेर घुमाइरहेको आशंका

संखुवासभामा विप्लवका २ कार्यकर्ता अझै सम्पर्कविहीन : प्रहरीले समातेर घुमाइरहेको आशंका

काठमाडौँ - नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका २ जना कार्यकर्ताहरू अझै पनि संखुवासभाको तिलिचुङमा हराइरहेका छन् । गत असार १६ गते प्रहरीले तिलिचुङमा दोहोरो फायरिङपश्चात हेलिकप्टर सहित सेनाको टोली पठाएको पुष्टि गरेको थियो ।

बुधवार इन्चार्ज 'विषम' नामबाट हस्ताक्षरित विज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको नेकपाले संखुवासभामा आफ्ना २ जना कार्यकर्ता हराइरहेको बताएका हुन् ।

'टोलीका सबै ज्यान जोगाउन सफल भएपनि हालसम्म तीन जना कार्यकर्ताहरू सम्पर्कविहिन भएकोमा एक जना सम्पर्कमा आएको र अझै दुई जना सम्पर्कमा आएका छैनन्,' उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ, 'तिमध्ये एकजना कमरेड सुजन अधिकारीलाई गिरफ्तार गरेर आफैंसँग त्यस क्षेत्रमा घुमाइरहेको अपुष्ट खबर बाहिर आइरहेको भए पनि आधिकारिक रूपमा पुष्टि भएको छैन ।'  

उक्त क्षेत्रमा पार्टीले संगठन बिस्तारका लागि कार्यकर्ता खटाएको तर ३ वटा हेलिकप्टरले घेरी आफूहरूमाथि सरकारी सुरक्षा निकायले गोली चलाएको दाबी नेकपाले गरेको छ ।  

हेर्नुहोस् विज्ञप्ति -

salt training

कमेन्ट गर्नुहोस्