
काठमाडौँ -संसारका सबभन्दा धनी व्यक्ति अमेजनका संस्थापन सेफ बेजोसले आफ्नी पत्नी मेकेन्जी बेजोससँग सम्बन्धविच्छेद गर्दा ३८ अर्ब डलर अर्थात ४० खर्ब नेपाली रुपैयाँ भन्दा बढी तिर्नुपरेको छ ।
यो संसारकै सबभन्दा महँगो सम्बन्धविच्छेद हो । उनीहरूको बिहे २६ वर्षअघि भएको थियो ।
सम्बन्धविच्छेदपछि मेकेन्जी संसारकै चौथो धनी महिला बनेकी छिन् । मेकेन्जीले आफ्नो आधा सम्पति कल्याणकारी काममा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
ब्लूमबर्ग बिलियनयर्स इन्डेक्सका अनुसार आफ्नी पत्नीलाई ३८ अर्ब डलर दिएपछि पनि सेफसँग १ सय १८ डलर अझै बाँकी रहन्छ । सेफले आधा सम्पति कल्याणकारी काममा खर्च गर्ने आफ्नी पूर्वपत्नीको निर्णयको सम्मान गरेका छन् ।