
काठमाडौं — बाथरूमका टाइलहरू पानीको निरन्तर सम्पर्कमा आउने भएकाले मैलो देखिन्छन् ।
तिनीहरूलाई सेतो र टलक्क पार्नका लागि नियमित सफाइ गर्नुपर्छ ।
तर धूलोमैलो वा ढुसी लाग्नबाट बचाउनका लागि सेतो मैनबत्ती प्रभावकारी हुन्छ ।
यसका लागि तपाईंले मैनबत्तीको तल्लो भागलाई मजाले भुइँमा घोट्नुस् । केही सेकेन्डभित्रै यसको सकारात्मक प्रभाव देख्न सक्नुहुनेछ ।
पानी धेरै चुहिने ठाउँका टाइलमा जोड दिनुस् । मैनले टाइललाई बचाउनका लागि एक परत बनाइदिन्छ । टाइलहरू जोडिएको भागमा यसरी मैन घोट्नुभयो भने ती फोहर हुन पाउँदैनन् । गजब !
तपाईंको बाथरूम यति सफा कहिल्यै भएको थिएन । यसका लागि मैनबत्ती काफी छ ।
यो सजिलो उपाय अपनाउँदा बाथरूममा फोहर र ढुसी जम्न पाउँदैन ।
एजेन्सी