२६ असार २०८३, शुक्रबार

लिबियामा भएको बम आक्रमणमा एक नेपालीको मृत्यु

लिबियामा भएको बम आक्रमणमा एक नेपालीको मृत्यु

काठमाडौं– लिबियामा गत मंगलबार भएको बम आक्रमणमा एक नेपाली समेतको मृत्यु भएको छ । 

 पूर्वी त्रिपोलीस्थित तजौरा डिटेन्सन सेन्टरमा बम आक्रमण हुँदा नेपाली नागरिक सन्तोष श्रेष्ठको मृत्यु भएको जानकारी आएको इजिप्टको कायरोस्थित नेपाली दूतावासले जनाएको छ । आक्रमणमा अरु विदेशी नागरिकको पनि मृत्यु भएको छ । 
दूतावासले श्रेष्ठको मृत्यु भएकोबारे अन्तर्राष्ट्रिय आप्रवासी संगठनले पुष्टि गरेको भन्दै आफूहरुले यसबारे थप बुझ्ने प्रयास गरिरहेको जनाएको छ । 

आप्रवासी संगठनले उनलाई नेपाल फिर्ता गराउन दूतावाससँग ट्राभल डकुमेन्ट माग गरेकोमा दुई दिनअघिमात्रै आफूहरुले कुरियर गरेर आवश्यक डकुमेन्ट पठाइदिएको भएपनि दुर्भाग्यबस उनको आक्रमणमा मृत्यु हुन पुगेको दूतावासले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्