१५ असार २०८३, सोमबार

बिहानै कार र स्कूटर दुर्घटना हुँदा युवकको मृत्यु

बिहानै कार र स्कूटर दुर्घटना हुँदा युवकको मृत्यु

बुटवल – बिहीवार बिहान बुटवलमा कार र स्कूटर एकआपसमा ठोक्किँदा एक जना युवकको मृत्यु भएको छ ।

पश्चिमबाट बुटवल आउँदै गरेको लु१च १५८८ नम्बरको कारमा विपरीत दिशाबाट जाँदै गरेको लु३६प ४३१४ नम्बरको स्कूटर ठोक्किँदा स्कूटर चालक सैनामैना नगरपालिका वडा नम्बर–४ का अजित सलामी मगरको मृत्यु भएको हो । 

स्कूटरमा ३ जना सवार रहेका थिए । गम्भीर घाइते मगरको उपचारको क्रममा युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

अन्य २ जना गम्भीर घाइते सैनामैना–३ का सञ्जय पटेल र सैनामैना–२ का बिक्रम थारुको पनि मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्