३१ जेठ २०८३, आइतबार

प्रभासको नयाँ फिल्म साहोको पहिलो गीतको फर्स्ट लूक सार्वजनिक

प्रभासको नयाँ फिल्म साहोको पहिलो गीतको फर्स्ट लूक सार्वजनिक

काठमाडौं – सुपरस्टार प्रभासको आगामी फिल्म साहोको पहिलो गीतको फर्स्ट लूक सार्वजनिक गरिएको छ । 

प्रभास आफैंले सामाजिक सञ्जाल अकाउन्टमा गीतका दुई पोस्टर शेयर गरेका छन् । एउटामा उनी आफैं र अर्कोमा श्रद्धा कपूर देखिएका छन् । 

पहिलो पोस्टरमा प्रभासले पूरै कालो वस्त्र लगाएर कूल देखिएका छन् । अर्को पोस्टरमा श्रद्धा ग्ल्यामरस देखिएकी छन् । उनले हरियो र सेक्सी ड्रेस लगाएकी छन् । लूक्स हेर्दा यो पार्टी गीत जस्तो देखिन्छ । 

पोस्टर शेयर गर्दै प्रभासले लेखे, ‘प्रियजन, साहोको पहिलो गीत सुन्ने बेला भयो । द साइको सैयाँको टीजर छिट्टै आउँदैछ ।’

साहोको टीजर जेठ ३० गते रिलिज गरिएको थियो । शानदार टीजरलाई दर्शकहरूको राम्रो प्रतिक्रिया प्राप्त भएको थियो । 

यो फिल्म अगस्ट १५ मा सार्वजनिक हुनेछ ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्