
काठमाडौं- गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरूलाई ग्राण्डी इन्टरनेशनल हस्पिटलमा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच सम्झौता सम्पन्न भएको छ ।
मंगलवार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र ग्राण्डी इन्टरनेशनल हस्पिटलको तर्फबाट व्यवसाय तथा बजार प्रमुख दिनेश पौड्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतापश्चात गरिमा विकास बैंक लिमिटेडका भिजा कार्डहोल्डरहरूले ग्राण्डी इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा विशेष छुट प्राप्त गर्नेछन् ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडका काठमाडौं उपत्यकामा ८ वटा शाखा कार्यालयसहित देशभर ७६ शाखा कार्यालय सञ्चालनमा रहेका छन् । साथै विकास बैंकले निकट भविष्यमा देशका विभिन्न १५ स्थानमा थप शाखा कार्यालयहरू स्थापना गर्दैछ ।