
काडमाडौं- नेपालमा 'बिबोय सिटी नेपाल' हुने भएको छ । उक्त प्रतिस्पर्धा शनिवार लैनचोरमा आयोजना हुनेछ ।
बुधवार पत्रकार सम्मेलन गर्दै नेपाल हीफप फाउण्डेसन, गोविन्द एजुकेशनको आयोजनामा बिबोय सिटी नेपाल हुन भएको हो ।
कार्यक्रममा बिबोय सिटी नेपालका संयोजक दिपेश थापाले यो विगत दुई वर्षदेखि सञ्चालनमा आइरहेको जानकारी दिए । प्रतिस्पर्धामा देशका विभिन्न जिल्लाबाट आउने क्रम जारी रहेको उनले बताए ।
थापाले नेपालमा हिफप प्रचलनमा आएकै दश वर्ष हुन लागिसकेको बताए । यो बीचमा विभिन्न हिफप ग्रुपले देश तथा विदेशमा नेपालमा आफ्ना प्रस्तुति दिइसकेका छन् ।
बिबोइ सिटी नेपालले लुकेर रहेका युवाहरूको क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन प्रतियोगिता गर्न लागेको धारणा व्यक्त गरे । कार्यक्रममा एसियाका विभिन्न देशका प्रतिनिधि समेत कार्यक्रमको उद्घाटन सत्रमा आउँदै गरेको समेत जानकारी दिइयो । थापा भन्छन्, 'हाम्रो मुख्य उद्देश्य भनेको हिफपको माध्यमबाट विश्वमा नेपाली पहिचान स्थापित गर्नु हो ।'
कार्यक्रमका लागि नेपालमा विभिन्न देशका डिजेहरू आउने आयोजकले जनाएको छ ।
बिबोय सिटीमा उपाधि जित्ने समूहले नेपालको प्रतिनिधित्व गर्दै एसियन क्वालिफायरका लागि ताइवान जाने अवसर पाउनेछ । प्रतिस्पर्धा पाँच वटा क्याटागोरीमा हुनेछ । प्रतिस्पर्धामा चीनका एलेक्स, नेपालबाट प्रिन्स कानेकी, भारतका सान रहनेछन् ।
नेपालमा व्यवस्थित रूपमा हिफपको संस्कृति विकास भइसकेको बिबोय सिटीमा सहकार्य गरेको गोविन्द एजुकेशनका प्रमुख विज्ञान कँडेल बताउँछन् । नेपालमा हिफपलाई फरक दृष्टिकोणबाट हेर्ने प्रचलन आएकोले पनि आफूहरूले यो दृष्टिकोण फेर्न पनि जरूरी रहेको कँडेल बताउँछन् ।