काठमाडौं – फ्रान्समा भइरहेको फिफा महिला विश्वकपमा नेदरल्यान्ड्स फाइनल पुगेको छ ।
बुधवार सेमीफाइनलमा नेदरल्यान्ड्सले स्विडेनलाई १–० ले हरायो । टीमका लागि एक मात्र गोल ज्याकी ग्रोनेनले एक्स्ट्रा टाइमको नवौं मिनेटमा गरिन् ।
नेदरल्यान्ड्सले फाइनलमा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल आइतवार ओलम्पिक स्टेडियममा खेलिनेछ ।
यसअघि अर्को सेमीफाइनलमा अमेरिकाले इंग्ल्यान्डलाई २–१ गोल अन्तरले हराएको थियो ।
दोस्रोपटक फिफा महिला विश्वकपमा छानिएको नेदरल्यान्ड्स पहिलोपटक फाइनल पुगेको हो ।
तेस्रो स्थानका लागि इंग्ल्यान्ड र स्विडेनबीच शनिवार अलायन्ज रिभिएरा स्टेडियममा खेल हुनेछ ।
एजेन्सी