०४ असार २०८३, बिहीबार

बालगृहबाट ९ बालबालिकाको उद्धार

बालगृहबाट ९ बालबालिकाको उद्धार
सन्दर्भ तस्वीर

काठमाडौं- मापदण्ड विपरीत सञ्चालित बालगृहबाट ९ बालबालिकाको उद्धार गरिएको छ ।

बालबालिकालाई ‘आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०६९’ विपरीतजोखिमपूर्ण अवस्थामा राखेको पाइएपछि केन्द्रीय बालकल्याण समितिले भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित सौडोल महिला समाज नामक संस्थाबाट चार बालक र पाँच बालिकाको उद्धार गरेको हो । 

समितिले समाज कल्याण परिषद्, स्थानीय प्रहरी, बालबालिका खोजतलास समन्वय केन्द्र, चाँगुनारायण नगरपालिकाका प्रतिनिधि र विभिन्न सङ्घसंस्थाको समन्वय र सहकार्यमा उद्धार गरिएको समितिका प्रवक्ता रामबहादुर चन्दले जानकारी दिए । 

ती बालबालिका ४ देखि १४ वर्ष उमेर समूहका छन् । 

हुम्ला जिल्लाका ती बालबालिकालाई अध्ययनका लागि विभिन्न व्यक्तिमार्फत सो संस्थामा पुर्‍याइएको थियो । बालबालिकालाई उक्त मापदण्ड विपरीत जोखिमपूर्ण अवस्थामा राखेको, उचित खानपान तथा आवासको प्रबन्ध नगरेको पाइएकाले हाल अल्पकालीन संरक्षणको व्यवस्था गरिएको उक्त समितिले जनाएको छ ।

उक्त समितिले अन्य बालगृहसमेत अनुगमन गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्