
काठमाडौं – बेल्जियमको एन्टवर्पमा तेस्रोलिंगी एक किशोरीलाई तीनजना मानिसले बलात्कार गरेका छन् ।
तीमध्ये एक व्यक्तिका लिंग टोकेर आफू भाग्न सफल भएको ती किशोरीले प्रहरीलाई बताइन् ।
ती १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोग तीनजनालाई सरकारी वकिलहरूले लगाएका छन् ।
पुरुषबाट महिला बनेपछि ती किशोरी पहिलोपल्ट साथीहरूसँग राति बाहिर गएकी थिइन् । उनी समलिंगीहरूको क्लब गएकी थिइन् । त्यहाँ उनलाई ३४ वर्षीय एक पुरुषले समातेर ट्याक्सीमा हुलेका थिए । ती व्यक्तिसँग अरू दुई सहयोगी पनि थिए ।
ट्याक्सीमा उनीहरूले किशोरीलाई छामछुम गरे । उनले भाग्नका लागि धक्का दिएपनि कमजोर भएकाले केह ीगर्न सकिनन् ।
एन्टवर्पको डेउर्नेमा उनलाई तीनजनाले पालैपालो बलात्कार गरे ।
तीनमध्ये एक पुरुषको लिंग टोकिदिएर किशोरी भाग्न सफल भइन् ।
पीडितको वकिलले आफ्नो क्लायन्टका लागि लगभग १० लाख रुपैयाँको क्षतिपूर्ति मागेका छन् ।
सरकारी वकिलहरूले तीन आरोपितलाई ६ वर्षको कारावास सजाय माग गरेका छन् ।
आरोपितहरूले चाहिँ सहमतिमै यौन सम्बन्ध बनाएको अनि बलात्कार नगरेको जिकिर गरेका छन् ।
एजेन्सी