१० साउन २०८३, आइतबार

बिहानै दुर्घटना हुँदा २ जनाको मृत्यु, १ घाइते

बिहानै दुर्घटना हुँदा २ जनाको मृत्यु, १ घाइते
प्रतिकात्मक तस्वीर

चितवन – जिल्लामा ट्रक दुर्घटना हुँदा २ जनाको   मृत्यु भएको छ ।

शुक्रवार बिहान ५ः४५ बजे मुग्लिनबाट काठमाडौं जाँदै गरेको ना७ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा १ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रहरीका अनुसार घाइते र मृतक दुवैको परिचय खुलेको छैन । अहिले नदी किनारबाट मृतकको शवलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ । थप विवरण आउन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्