२८ असार २०८३, आइतबार

भारतमा आज बजेट प्रस्तुत हुँदै, ब्रीफकेसको साटो रातो वस्त्रले बेरेको फोल्डर

भारतमा आज बजेट प्रस्तुत हुँदै, ब्रीफकेसको साटो रातो वस्त्रले बेरेको फोल्डर

काठमाडौं – भारतकी अर्थमन्त्री निर्मला सीतारमणले आज मोदी सरकारको दोस्रो कार्यकालको पहिलो बजेट प्रस्तुत गर्दैछिन् । 

सीतारमणले बजेट पेश गर्नुअघि राष्ट्रपति रामनाथ कोविन्दसँग भेटघाट गरिन् । यसअघि सीतारमणले परम्परा तोड्दै ब्रीफकेसको साटो रातो वस्त्रमा बेरेर एक फोल्डरमा बजेट लिएर पुगिन् ।

अहिलेसम्म अर्थमन्त्रीहरू ब्रीफकेस लिएरै संसद् भवन पुग्थे । 

मुख्य आर्थिक सल्लाहकार कृष्णमूर्ति सुब्रह्मण्यमले भने, ‘फोल्डरमा बजेट लाने भारतीय परम्परा हो । पश्चिमी मानसिकताको गुलामीबाट बाहिर आएको प्रतीक हो यो । यसलाई बजेट नभनी बहीखाता भन्न सकिन्छ ।’

फेब्रुअरी महिनामा पेश गरिएको अन्तरिम बजेटलाई प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रेलर मात्र भएको बताएका थिए । त्यसैले पूर्ण बजेटबाट जनताले निकै आशा गरेका छन् । 

समाचारहरूमा आएअनुसार, बजेटमा आयकर घटाउने र सामान्य मानिसका लागि अनेकौं महत्त्वपूर्ण घोषणा गर्न सकिन्छ । 

निर्मला सीतारमणको यो पहिलो बजेट हुनेछ । ४९ वर्षपछि महिला अर्थमन्त्रीले बजेट पेश गर्नेछिन् । निर्मलाभन्दा अघि सन् १९७० मा इन्दिरा गान्धीले बजेट पेश गरेकी थिइन् । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्