०९ असार २०८३, मंगलबार

भारतको बजेटमा महाधनीमाथि थप कर

भारतको बजेटमा महाधनीमाथि थप कर

काठमाडौं – भारतकी अर्थमन्त्री निर्मला सीतारमणले बिहीवार प्रस्तुत गरेको बजेटमा मध्यमवर्गीयहरूको आयकरमा कुनै परिवर्तन भएको छैन । तर बजेटले महाधनीहरूलाई कर बढाएको छ । 

अत्यधिक आय भएकाहरूले देशको विकासमा थप योगदान गर्नुपर्ने सीतारमणको भनाइ छ । दुई करोड भारुभन्दा बढी कमाउने मानिसले उच्च कर तिर्नुपर्ने प्रस्ताव उनले गरेकी छन् । 

‘त्यसैले म दुई करोडदेखि पाँच करोड अनि पाँच करोडभन्दा बढी कमाउने व्यक्तिमा थप करको प्रस्ताव गर्छु । उनीहरूको कर क्रमशः ३ र ७ प्रतिशतले बढ्नेछ,’ उनले लोकसभामा बजेट प्रस्तुत गर्दै भनिन् । 

सीतारमणले कर बढाउने प्रस्ताव एक नैतिक कथाका साथ शुरू गरिन् । हात्तीमा पुग्नेजति चामल दिएमा ऊ धानखेतमा पसेर धान नष्ट गर्दैन, उनले भनिन् । यसबाट उनले कर तिर्नेहरूलाई के सन्देश दिइन् भने उनीहरूले कर नतिरेमा सरकारले कदम चाल्छ । यसो हुँदा सरकारलाई पनि प्रत्युत्पादक हुन्छ, ‘हात्तीले कुल्चेर नष्ट गर्नेभन्दा त निकै थोरै खान्छ  नि ।’

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्