२० असार २०८३, शनिबार

राष्ट्रिय परिचयपत्रका लागि जुम्लामा विवरण सङ्कलन

राष्ट्रिय परिचयपत्रका लागि जुम्लामा विवरण सङ्कलन
प्रतिकात्मक तस्वीर

खलङ्गा – जुम्लामा ‘राष्ट्रिय परिचयपत्र’ विवरण सङ्कलन शुरु गरिएको छ । गृह मन्त्रालय अन्तर्गतको उक्त अभियान जिल्ला प्रशासन कार्यालयले एक कार्यक्रमकाबीच जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की र चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालको फोटो खिची फारम भरेर राष्ट्रिय परिचयपत्रका लागि आज विवरण सङ्कलनको शुरुवात गरेको हो ।

उमेर पुगेका नेपाली नागरिकको एकीकृत र विश्वासिलो  तथ्याङ्कका लागि सरकारले देशभर राष्ट्रिय परिचयपत्र वितरण गर्ने उद्देश्यका साथ पहिलो चरणमा १५ जिल्लामा वितरण गरिने योजनाअनुसार जुम्लामा पनि राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन फारम शुरु गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिए ।

उनका अनुसार ‘राष्ट्रिय परिचयपत्र’ एकीकृत तथ्याङ्कसहितको विश्वासिलो परिचयपत्र हुनेछ । यसैगरी नागरिकलाई बहुपयोगी राष्ट्रिय परिचयपत्र नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्ट कार्ड प्रदान गर्ने उद्देश्य रहेको छ । परिचय पत्रका लागि जिल्ला प्रशासन कार्यालयमा गई फोटो खिच्न र परिचयपत्र बनाउन प्रशासनले अपिल समेत गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्