१५ असार २०८३, सोमबार

क्यालिफोर्नियामा पराकम्पन आउने क्रम रोकिएन

क्यालिफोर्नियामा पराकम्पन आउने क्रम रोकिएन
फाइल फोटो

संयुक्तराज्य अमेरिका- संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा राज्यमा गत बिहीवार बिहान सबैरै आएको शक्तिशाली भूकम्पपछि पराकम्पनहरू आउने क्रम जारी रहेको अधिकारीहरूले जनाएका छन् । 

करीब २५ वर्षपछि क्यालिफोर्नियाको दक्षिणी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गत बिहीवार शक्तिशाली भूकम्प आएको थियो । 

सो भूकम्पपछि अरू कैयौं शक्तिशाली पराकम्पनहरू आउनसक्ने अनुमान यहाँका भौगर्भिक क्षेत्रका अधिकारीहरुले गरेका थिए । 

अमेरिकन भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार अमेरिकाको क्यालिफोर्नियाको पश्चिमी क्षेत्रमा पर्ने सेरालेस उपत्यकालाई केन्द्रबिन्दु भएर ५.४ रेक्टर स्केलको पराकम्पन आएको छ । 

बिहीवार  साँझको सो पराकम्पनपछि नागरिकहरूमा भागदौड भएको र परिस्थिति असामान्य बन्न पुगेको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन् । 

गत बिहीवारको भूकम्प ६.४ रेक्टर स्केलको थियो । त्यसयता करीब ८० वटा पराकम्पनहरू आएको क्यालिफोर्नियाबाट प्राप्त समाचारमा जनाइएको छ ।

दुई दशकभन्दा लामो समयपछि पहिलो पटक क्यालिफोर्नियामा आएको यस भूकम्पबाट करीब दुई करोडको बस्ती रहेको क्यालिफोर्नियाका मानिसमा त्रास छाएको समाचारमा जनाइएको छ । 

तर यसबाट भौतिक तथा मानवीय ठूलो मात्राको क्षति भने पुगेको छैन । केही मानिस घाइते भएका समाचारमा आएको छ । 

भूकम्पका कारण ग्यासको पाइपलाइन फुटेर बाहिर निस्किएको र यसबाट आगलागी भएपछि केही घर जलेका उद्धारकर्मीहरूले जनाएका छन् ।

उनीहरूकाअनुसार उद्धारको काम जारी छ । अहिलेसम्म त्यस्तो ठूलो क्षतिको खबर प्राप्त नभएको शुक्रवार दिइएको जानकारीमा उल्लेख छ ।  

salt training

कमेन्ट गर्नुहोस्