०२ असार २०८३, मंगलबार

संसारभर छरिएका नेपालीको भावना समेटेर अगाडि बढ्छौं - मुख्यमन्त्री राई

संसारभर छरिएका नेपालीको भावना समेटेर अगाडि बढ्छौं - मुख्यमन्त्री राई
फाइल फोटो

अमेरिका- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश विकासका लागि संसारभर छरिएर रहेका नेपालीको भावनालई समेटेर अगाडि बढ्ने बताएका छन् । 

मुख्यमन्त्री राईले नेपालको तीव्र विकासका लागि संसारभर रहेका नेपाली एक भएर अगाडि बढ्नसमेत आह्वान गरेका छन् । अमेरिकाको बाल्टिमोरमा शुरू भएको नेपाली राष्ट्रिय सम्मेलनको पहिलो दिनको कार्यक्रममलाई शुक्रवार सम्बोधन गर्दे मुख्यमन्त्री राईले देशको विकास र जनताको समृद्धिका लागि संसारभर छरिएर रहेका नेपाली एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिएको उनका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।  

'नेपालमा लगानी गर्ने वातावरण बन्दै गइरहेको छ, हामी नेपालमा लगानी आकर्षित गराउन चाहन्छौं,' मुख्यमन्त्री राईले भने । नेपाली मन र भावनालाई नेपाल राष्ट्र निर्माणको महान अभियानमा जोड्न आफूहरू लागि रहेको मुख्यमन्त्री राईले बताए ।  

'नेपाल विकास र समृद्धिको महाअभियानमा अगाडि बढिसकेको छ,' मुख्यमन्त्री राईले भने, 'यो अभियानमा तपाईंहरूको पनि योगदान आवश्यक छ ।' 

विगतमा नेपाल विभिन्न कारणले पछि परेको भए पनि यतिबेला नेपाल तीव्र गतिमा अगाडि बढिरहेको मुख्यमन्त्री राईले बताउनुभयो । देशमा पहिलोपटक स्थिर र बलियो सरकार बनेको भन्दै मुख्यमन्त्री राईले नेपाल स्पष्ट गन्तव्यसहित समृद्धिको यात्रामा प्रवेश गरेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्