३० जेठ २०८३, शनिबार

प्रेम दर्शाउनका लागि ‘आइ लभ यु’ नै भन्नुपर्छ भन्ने छैन

प्रेम दर्शाउनका लागि ‘आइ लभ यु’ नै भन्नुपर्छ भन्ने छैन

महिलाहरू तीनवटा जादुई शब्द आइ लभ यु सुन्न मन पराउँछन् तर रोमान्समा पुरुषहरूका लागि यो शब्दको उच्चारण अत्यन्त जरूरी हुँदैन । बोलेर दर्शाइने प्रेमभन्दा पनि व्यवहारले देखाउने प्रेममा उनीहरूको रुचि हुन्छ ।

पुरुषहरू अंगालोमा लुटपुटिएको मन पराउँछन् । तपाईंले प्रेमीलाई सुमसुम्याउँदा उनले विशेष तरिकाले छोएको थाहा पाउँछन् । यी उपाय अपनाउँदा तपाईं आफ्नो प्रेमी वा श्रीमानको मुहारमा मुस्कान दिन सक्नुुहुन्छ :

आफ्नो प्रेमीलाई पूर्ण ध्यान दिनुस् र ऊ नै तपाईंको प्राथमिकता हो भन्ने देखाउँछन् । सँगै समय बिताउँदा कुनै बाधा व्यवधान आउन नदिनुस् । तपाईं प्रेमीसँग हुँदा फोनमा खेल्ने काम नगर्नुस् । ऊसँग सिधै आँखा जुधाउनुस्, हात समात्नुस् र पूरै समय छुट्याउनुस् ।

पुरुषको मुटुमा पुग्ने सबभन्दा सजिलो बाटो उसको पेट भएर जान्छ । त्यसैले कुनै विशेष अवसर नकुरी उसलाई मन पर्ने खाना पकाएर खुवाउनुस् । मीठो खाना खुवाउँदा उसलाई केयर गरेको देखिन्छ ।

उसलाई मन पर्ने लुगा लगाउँदा पनि ऊ प्रसन्न हुन्छ । तपाईंले उनीप्रति इच्छा राख्नुहुन्छ, उसले मन पराएको कुरालाई महत्व दिनुुहुन्छ र राम्री देखिनुुहुन्छ भन्ने सन्देश दिन्छ ।

उसलाई साँचो प्रशंसा गर्नुस् । उसले लगाएको लुगा, बोलीचालीको ढंग वा कामको प्रशंसा गर्दा किन तपाईंले अरू केटालाई नचुनेर उसलाई छान्नुभयो भन्ने देखाउँछ र उसलाई दंग बनाउँछ ।

तपाईंले भोगिरहेको समस्यामा उसको सल्लाह र सहायता माग्नुस् । यसले तपाईं उसको विचारलाई महत्व दिनुहुन्छ भन्ने देखाउँछ र उसलाई सक्षम तथा उपयोगी महसूस गराउँछ ।

राम्रो श्रोता भइदिनुस् । पुरुषहरूले आफ्ना तनाव र समस्या सुनाउन चाहिरहेका हुन्छन् । त्यसैले ध्यान दिएर कुरा सुन्नु उपयुक्त हुन्छ । यसले तपाईं उसलाई ध्यान दिनुहुन्छ भन्ने देखाउँछ ।

सधैं एउटै समयमा सेक्स गर्नुभन्दा कहिलेकाहीँ यसो फटाफट सेक्स गर्नुस् । एक घन्टा लगाएर रोमान्स, फोरप्ले र सेक्स गर्न सधैं सम्भव हुँदैन । त्यसैले कहिलेकाहीँ फटाफट र सरल सेक्स गर्नुस् ।

श्रीमानलाई जागिरमा निस्कनुअघि मजाले अंगालो मार्नुस् । हतारहतार अंगालो हाल्नुभन्दा केही सेकेन्डसम्म अंगालिनु उपयुक्त हुन्छ । यसले तपाईं दुवैलाई सकारात्मक ऊर्जा दिन्छ ।

द टाइम्स अफ इन्डिया

salt training

कमेन्ट गर्नुहोस्