२३ जेठ २०८३, शनिबार

डोयच बैंकले गर्‍यो कर्मचारी कटौती, १८ हजार पद धरापमा

डोयच बैंकले गर्‍यो कर्मचारी कटौती, १८ हजार पद धरापमा

काठमाडौं – विश्वका धेरै देशमा उपस्थिति रहेको डोयच बैंकले १८ हजार कर्मचारी कटौती गर्ने भएपछि कर्मचारीहरू बिचल्लीमा परेका छन् । आफ्नो प्रतिष्ठा र व्यापार जोगाउनका लागि बैंकले कर्मचारी कटौती गर्न लागेको हो ।

बैंकको कुल कर्मचारी संख्याको २० प्रतिशतलाई जागिरबाट बिदा दिन लागिएको हा । प्रमुख कार्यकारी क्रिस्चियन सिविङले मे महिनामा व्यापक परिवर्तन गर्ने प्रतिज्ञा गरेका थिए र त्यसैलाई कार्यान्वयन गर्ने क्रममा उनले कर्मचारी कटौती गरेका हुन् । 

सन् २०१८ मा पनि ६ हजार कर्मचारी कटौती गरिएको थियो । कमर्जबैंकसँग मर्जर गर्ने डोयच बैंकको प्रयास त्यतिखेर असफल भएको थियो । 

बैंकको सुपरभाइजरी बोर्डका अध्यक्ष पल आच्लाइटनरले भने, ‘विगत एक दशकमा डोयच बैंकले अत्यन्तै गाह्रो अवस्थाको सामना गर्नुपरेको थियो तर अहिले नयाँ रणनीति अपनाएपछि हामीहरू आत्मविश्वास र आशावादिताका साथ अघि बढ्नेछौं ।’

विगत एक वर्षमा डोयच बैंकको प्रतिष्ठामा निकै आघात पुगेको छ । पनामा पेपरले गरेको खुलासासँग जोडिएको सम्पत्ति शुद्धीकरण अनुसन्धानमा जर्मन प्रहरीले डोयच बैंकको कार्यालयमा छापा मारेको थियो । 
बैंकले विश्वव्यापी आर्थिक संकटअघि र पछि देखाएको व्यवहारका कारण पनि खर्बौं रुपैयाँ जरिवानाका रूपमा तिरेको थियो । 

द गार्डियनबाट
 

salt training

कमेन्ट गर्नुहोस्