२५ जेठ २०८३, सोमबार

युरेनियम बढाउने निर्णयपछि ट्रम्पले इरानलाई दिए चेतावनी

युरेनियम बढाउने निर्णयपछि ट्रम्पले इरानलाई दिए चेतावनी

काठमाडौं – इरानले अन्र्ताष्ट्रिय आणविक सन्धिले निर्धारित गरेको युरेनियम सघन बनाउने सीमा उल्लंघन गर्ने बताएपछि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उसलाई सचेत हुन चेतावनी दिएका छन् । 

ट्रम्पले पोहोर साल एकपक्षीय रूपमा सन् २०१५ को सन्धि त्यागेर इरानमाथि कठोर प्रतिबन्ध लगाएका थिए । 

आइतवार इरानले सन्धिमा निर्धारण गरिएको ३.६७ प्रतिशत युरेनियम एनरिचमेन्ट क्याप कटाउन लागेको र आफूलाई अमेरिकी प्रतिबन्धबाट संरक्षण नगरिएमा सन्धिप्रतिको प्रतिबद्धता घटाउँदै लाने बताएको थियो । 

उसले सन्धिमा निर्धारित गरिएको युरेनियम स्टकपाइल सीमा पार गरिसकेको छ ।

इरानका पछिल्ला कदमको बारेमा प्रश्न गरिँदा ट्रम्पले भने, ‘इरान तिमी सचेत होऊ किनकि तिमी एउटा कारणका लागि एनरिच गर्दैछौ तर त्यो राम्रो कुरा हैन ।’

वाशिङटनले इरानविरुद्ध कस्तो कारवाही गर्छ भन्ने कुरा उनले विस्तारमा खुलाएनन् तर तेहरानले कहिले पनि आणविक हतियार बनाउन सक्नेछैन भनी पत्रकारहरूलाई बताए । 

इरानले चाहिँ कहिले पनि आणविक हतियार बनाउन नचाहेको बताउँदै आएको छ । सन् २००० को दशकको शुरूआतमा सर्वोच्च नेता अली होसेनी खमेनीले फत्वा जारी गरेर नरसंहार गर्ने आणविक हतियारको उत्पादन, भण्डारण र प्रयोगमा प्रतिबन्ध लगाएको बताएको छ ।

अलजजीराबाट
 

salt training

कमेन्ट गर्नुहोस्