२९ असार २०८३, सोमबार

संसदीय सुनुवाई समितिले गर्‍यो चार राजदूतको नाम सर्वसम्मतिले अनुमोदन

संसदीय सुनुवाई समितिले गर्‍यो चार राजदूतको नाम सर्वसम्मतिले अनुमोदन
फाइल फोटो

काठमाडौँ-  अष्ट्रेलिया, बंगलादेश, कतार र स्पेनका लागि सिफारिसमा परेका चार राजदूतहरूको संसदीय सुनुवाई सकिएको छ ।

सोमवार बसेको संसदीय सुनुवाई समितिको बैठकले अष्ट्रेलियाका लागि महेशराज दाहाल, बंगलादेशका लागि बंशिधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज र स्पेनका लागि दावा फुटुङ शेर्पालाई राजदूत अनुमोदन समेत गरेको छ।

चारै जनाको नाम सर्वसम्मत अनुमोदन भएको हो । संसदीय सुनुवाई समितिमा अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत महेशराज दाहाललाई ग्रीनकार्ड लिएको भन्दै आलोचना गरेका थिए, तर दाहालले अमेरिकाको ग्रीनकार्ड नलिएको स्पष्ट पारेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्