२२ जेठ २०८३, शुक्रबार

१८८ स्थानीय तहमा आर्थिक सहयोग रोक्का हुने संकेत, ४९ स्थानीय तहसँग स्पष्टीकरण माग

असार २४, २०७६
१८८ स्थानीय तहमा आर्थिक सहयोग रोक्का हुने संकेत, ४९ स्थानीय तहसँग स्पष्टीकरण माग

काठमाडौं– देशभरका ७५३ स्थानीय तहमध्ये १८८ स्थानीय तहमा केन्द्र सरकारबाट प्राप्त हुने आर्थिक सहयोग रोक्दा हुने सम्भावना बढेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट नबनाउने ४९ स्थानीय तहलाई स्पष्टीकरण माग गरेको छ । 

संविधान र ऐनमा रहेको प्रावधानलाई बेवास्ता गर्दै प्रक्रियागत रुपमा बजेट पारित गरेर खर्च गर्ने व्यवस्था मिलाउनुपर्नेमा ती स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । 

मन्त्रालयका सहसचिव जयनारायण आचार्यका अनुसार मन्त्रालयले दुई दिनको समयसीमा दिएर बजेट पेश नगर्नुको कारण माग गर्दै स्पष्टीकरण माग गरिएको हो । आजको राजधानी दैनिकमा यो खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्