२३ जेठ २०८३, शनिबार

पत्र सार्वजनिक भएपछि सरकार रक्षात्मक, के भने सरकारका प्रवक्ताले ?

असार २५, २०७६
पत्र सार्वजनिक भएपछि सरकार रक्षात्मक, के भने सरकारका प्रवक्ताले ?

काठमाडौं– सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्न भारतीय दूतावासबाट पत्र आएको स्वीकारेका छन् ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि बाँस्कोटाले दुई देशका सरकारबीच पत्र आउजाउ हुने कुरा स्वाभाविक हुने भएकाले त्यसलाई अन्यथा लिन नहुने बताए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले भने दूतावासको पत्र नपठाएको र दबाब नआएको दाबी गरेका थिए । १४ गते दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको सातापछि गत शनिबार संसदीय दलको बैठकमा नेकपा सांसदले ‘सरकार भारतसँग झुकेर विषादी परीक्षण रोकेको हो ?’ भन्ने प्रश्न गरेपछि जवाफमा ओलीले भनेका थिए, ‘कतै कसैको दबाबका आधारमा तरकारी र फलफूलको विषादी परीक्षणबाट सरकार पछि हटेको होइन । भारतबाट पत्र आयो रे । खोइ कसलाई पत्र आयो ? कसलेपढ्यो त्यो पत्र ? मलाई थाहा छैन ।’

salt training

कमेन्ट गर्नुहोस्