
काठमाडौं– पछिल्लो ११ महिनामा २ अर्ब ५९ करोड रुपैयाँको रासायनिक विषादी मुलुक भित्रिएको छ ।
भन्सार विभागका अनुसार यस अवधिमा ७० लाख ८२ हजार किलो विषादी भित्रिएको हो । आयातित विषादीमध्ये करीब ८५ प्रतिशत तरकारी तथा फलफूलमा प्रयोग गरिन्छ ।
जानकारका अनुसार जलवायु परिवर्तनसँगै खेती प्रणालीमा देखिएको समस्याले विषादी आयात बढाएको छ । कान्तिपुर दैनिकमा यसबारे विस्तृतमा खबर छापिएको छ ।