२३ असार २०८३, मंगलबार

इन्डोनेसियाले अस्ट्रेलियालाई फर्कायो २१० टन फोहर

इन्डोनेसियाले अस्ट्रेलियालाई फर्कायो २१० टन फोहर

काठमाडौं – पश्चिमी मुलुकले दक्षिणपूर्वी एसियाका देशमा फोहर फाल्ने प्रवृत्तिलाई अहिले ती देशहरूले अस्वीकार गरेका छन् । यसैक्रममा इन्डोनेसियाले आठ कन्टेनर फोहर अस्ट्रेलिया फर्काउने घोषणा गरेको छ । 

ब्रिसबेनबाट जुन महिनाको मध्यमा कन्टेनर इन्डोनेसियाको दोस्रो ठूलो शहर सुराबायामा आइपुगेको थियो । त्यसमा रिसाइकल गर्न योग्य कागजजन्य फोहर मात्र भएको मानिएको थियो तर निरीक्षकहरूले त्यसमा घरेलु र विद्युतीय फोहर, तेल, प्लास्टिक बोतल र डायपर पनि भेटियो । 

इन्डोनेसियाको कानूनअनुसार संक्रमण गराउने तत्त्व भएका कन्टेनर भएका जहाज जहाँबाट आएको हो त्यहीँ फर्काउनुपर्छ । अस्ट्रेलियाबाट आएको फोहर रिसाइकल गर्न नमिल्ने गरी संक्रमित भएको मानिएको छ । एक अधिकारीले कागजको काम सकिनेबित्तिकै फोहर अस्ट्रेलिया फर्काइने बताएका छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्