
काठमाडौं– बुधवार नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार तोलामा ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधवार घटेर ६४ हजार ३ सयमा रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन ६४ हजारमा कारोबार भएको छ । चाँदी भने अघिल्लो दिनकै मूल्य ७२० रुपैयाँमा कारोबार भएको छ ।