०२ असार २०८३, मंगलबार

चिर्पटले हानेर काकाको हत्या

चिर्पटले हानेर काकाको हत्या
सन्दर्भ तस्वीर

जाजरकोट- भेरी नगरपालिका–१३ कुदुमा भतिजाले प्रहार गरेको चिर्पट लागी काकाको मृत्यु भएको छ ।

मंगलवार बिहान स्थानीय गीता सुनारको घरमा ३५ वर्षीय मानबहादुर सुनारले ४५ वर्षीय मोहन विकलाई चिर्पट प्रहार गरी हत्या गरेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । 

गीताको घरमा उनका आफन्तले ल्याएको कोसेली खान जम्मा भएको समयमा मदिरा सेवन गरी विवाद हुँदा भतिजा मानबहादुरले काकामाथि चिर्पट प्रहार गरेको प्रहरीको भनाइ छ ।

मृतकको श्रीमती लक्ष्मी सुनारले जाहेरी दिएपछि प्रहरीले मानबहादुरलाई नियन्त्रणमा लिएको छ । घटनाका आरोपित मानबहादुरको पनि टाउकोमा चोट लागेको प्रजिअ बस्नेतले बताए । 

salt training

कमेन्ट गर्नुहोस्