०१ असार २०८३, सोमबार

कैलालीमा हिरोइनसहित २ पक्राउ

कैलालीमा हिरोइनसहित २ पक्राउ

धनगढी- लागुऔषध खैरो हिरोइनसहित कैलालीमा बुधबार २ जना पक्राउ परेका छन् ।

प्रहरीको गस्ती टोलीले कैलालीको टीकापुर नगरपालिका–७ सोनाहाफाँटाबाट खैरो हिरोइनसहित २ जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरले भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा जानकी गाउँपालिका ७ मोतिनगरका २० वर्षीय सुमन बुढाक्षेत्री र टीकापुर नगरपालिका(१ ब्लक नं. २९ का २० वर्षीय नविन भण्डारीलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कापुरका प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले उनीहरुको साथबाट २ ग्राम ९ सय मिलिग्राम खैरो हिरोइन बरामद गरिएको जनाए ।

साथै से ४ प ९५९५ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्