
ललितपुर– महानगरीय प्रहरी प्रभाग बुङमती, भैसेपाटीको हिरातबाट भाग्ने दुई जनालाई प्रहरीले पुन नियन्त्रणमा लिएको छ ।
काठमाडौं उपत्यकाभित्र भएका चोरीका साथै लागूऔषध कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ परेका रुद्रलाल श्रेष्ठ र सम्शेर माझी असार २३ गते राती हिरासत कक्षको शौचालयको झ्यालमा रहेको फलामको ग्रिल काटी फरार भएका थिए ।
फरार उनीहरुलाई अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ बौद्ध जम्बुडांडा पक्राउ गरेको हो ।