
दोहा– कतार एयरवेज तथा बोइङले व्हाइट हाउसमा आयोजित एक समारोहबीच पाँच बोइङ ७७७ हवाइजहाजको अर्डरको लागि अन्तिम सहमति गरेको छ ।
कतार राज्यका आमिर सम्माननीय शेख तमिम बिन हमाद अल–थानी तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकारी सम्माननीय अक्बर अल बकर र बोइङ कमर्शियल एयरप्लेन्स्का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केभिन मेकेलिस्टरबीच हस्ताक्षर भएको थियो ।
कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकारी अक्बर अल बकरले भने, 'कतार राज्यका आमिर सम्माननीय श्री शेख तमिम बिन हमाद अल–थानी तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा पाँच बोइङ ७७७ हवाईजहाजको अर्डरको लागि हस्ताक्षर गर्नु हाम्रो लागि एक ऐतिहासिक कदम हो । बोइङ कमर्शियल एयरप्लेन्स्सँगको हाम्रो गहिरो सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसर पाउँदा हामी अत्यन्तै खुशी छौं ।'