काठमाडौं – बलिउड अभिनेताहरू हृत्तिक रोशन र टाइगर श्रोफको बहुप्रतीक्षित फिल्म वारको टीजर सार्वजनिक भएको छ ।
फिल्मको अफिसियल टाइटल, फर्स्ट पोस्टर र टीजर एकैपटक सार्वजनिक गरिएका हुन् । यशराज फिल्म्सको ब्यानरमा बनेको एक्सन फिल्म अक्टोबर २ मा सार्वजनिक हुनेछ ।
बिदाको बेलामा रिलिज हुने फिल्मलाई पाँच दिनको विस्तारित वीकेन्ड पाउनेछ ।
वार यस वर्षको सबभन्दा ठूलो ओपनर साबित हुन सक्छ ।
फिल्मको निर्देशन सिद्धार्थ आनन्दले गरेका हुन् । यसलाई हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज गरिनेछ ।
बलिउडका दुई सुपरस्टार रोशन र श्रोफ पहिलोपटक एउटै फिल्ममा देखिन लागेका हुन् । त्रिपन्न सेकेन्डको टीजरको प्रत्येक फ्रेम गजबको छ । शक्तिशाली एक्सन सीन्स, खतरनाक स्टन्ट, फाइट सिक्वेन्स र सुन्दर लोकेसनले भरिएको टीजरले प्रशंसकहरूलाई उत्सुक बनाएको छ ।
फिल्ममा वाणी कपूर पनि प्रमुख भूमिकामा छिन् ।
एजेन्सी