१३ असार २०८३, शनिबार

एक लाख सात हजार घुससहित नासु पक्राउ

एक लाख सात हजार घुससहित नासु पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका, सामाजिक विकास विभाग, बबरमहलका नायब सुब्बा कृष्णप्रसाद सोतीलाई रु एक लाख सात हजार घुससहित नियन्त्रणमा लिएको छ । 

    सामाजिक विकास विभागमार्फत कार्यान्वयनमा आएको रकमको कार्यसम्पादन गरी रकम भुक्तानी गरेवापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा पुगेको आयोगको टोलीले सोतीलाई आज कार्यालय परिसरबाटै घुससहित नियन्त्रणमा लिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्