काठमाडौं, १३ चैत — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का आफ्नो परिवारका साथ वाशिङटन डीसीको घनाढ्य इलाका कालोरामामा बस्छिन् । तर त्यहाँका अन्य परिवारलाई उनको उपस्थिति खट्केको छ ।

इवान्का र उनको परिवार राम्रो छिमेकी नभएको उनीहरूको गुनासो छ । पहिलेदेखिकै व्यस्त सडकमा उनीहरूले गाडी थुपारेको छिमेकीको आरोप छ ।
हालै इभान्काको घरनजिक फोहोरका पोकापन्तरा पनि भेटिए जसका कारण टोलको सफाइमै प्रश्न उठेको छ ।
सुरक्षा, पार्किङ र फोहोर व्यवस्थापनका शिकायतहरू धेरै आएका छन् । स्टाफका गाडीहरू इभान्काका घरनजिकै खडा गरिन्छन् ।
इभान्कासँग उनका श्रीमान् ज्यारेड कशनर र तीन बच्चाबच्ची बस्छन् । जारेड ह्वाइट हाउसका वरिष्ठ सल्लाहकार हुन् ।
इभान्का परिवारका लागि इलाकामा भारी सुरक्षा बन्दोबस्त गरिएको छ । बच्चाहरू प्लेग्राउन्डमा खेल्न जाँदा पनि तीनवटा सेक्युरिटी भ्यान साथै हुन्छन् ।
कालोरामा इलाकाका मानिसहरूका अनुसार यो हाईप्रोफाइल परिवारका लागि इलाकाको फूटपाथ पनि बन्द गरिएको छ । यसले गर्दा सार्वजनिक पार्किङमा धेरै दबाब परेको छ ।
अनि फोहोर उठाउन पनि धेरै समस्या परेको छ ।
इभान्काले सन् २०१६ को डिसेम्बरमा एक कम्पनीबाट यो घर भाडामा लिएकी थिइन् । कम्पनीले चिलीका एक अर्बपतिसँग यो घर किनेकी थियो ।
दैनिक भास्करबाट