काठमाडौं – पाकिस्तान अधीनस्थ कश्मीरको नीलम घाटीमा बादल फाट्दा (क्लाउडबर्स्ट हुँदा) अचानक बाढी आयो र २३ जनाको मृत्यु भयो । अन्य धेरैजना घाइते भएका छन् ।
घाटीको लासवा क्षेत्रमा सोमवार अबेर राति बादल फाटेको थियो । त्यसपछि लगातार भारी वर्षा भयो र बाढी आएर अनेकौं घर र मानिस बगायो ।
विपत व्यवस्थापन प्राधिकरणका निर्देशक सैयद अल–रहमान कुरैशीले लासवामा अनेकौं घर बगेको जानकारी दिए । त्यहाँ पहिरो पनि गएको छ । धेरै मानिस अझै बेपत्ता छन् ।
बाढीका कारण यातायात सेवा पनि ठप्प भएको छ । मोबाइल र इन्टरनेट सेवामा समस्या आएको छ ।
जिल्ला प्रशासन, विपत व्यवस्थापन प्राधिकरण र स्थानीय प्रहरी अधिकारीहरूको टोलीले उद्धार अभियान चलाइरहेका छन् ।
एजेन्सी