२३ जेठ २०८३, शनिबार

बाढीपहिरो तथा डुबानपीडितका लागि नेविसंघद्वारा सहयोग संकलन

बाढीपहिरो तथा डुबानपीडितका लागि नेविसंघद्वारा सहयोग संकलन

काठमाडौं- नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले बाढीपहिरो तथा डुबान पीडितका लागि सहयोग रकम संकलन  गरेको छ।

बुधवार काठमाडौंका नेपालटार,बाइपास ,माछापोखरी लगायतका क्षेत्रमा सहयोग संकलन गरिएको हो ।

नगद र जिन्सी सहयोग गरिएको नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशिल भट्टले बताए । 

सोमवार ४९५७१ हजार नगद र जिन्सी लत्ताकपडा राहत सहयोग संकलन भएको भट्टले बताए।

संकलन भएको राहत पीडितसमक्ष वितरण गर्ने नेविसंघका निरन्जन थापाले जानकारी दिए । राहत अभियानमा विद्यार्थी नेताहरू सुशिल भट्ट,निरन्जन थापा,पवन थापा, सन्तोष गुरुङ, लक्ष्मी सिलवाल, स्वेच्छा उप्रेती, ईश्वर अधिकारी, सुवास घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

नेविसंघ पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले विज्ञप्ति जारी गरेर देशभरका नेविसंघलाई बाढीपहिरो र डुबान पीडितको उद्धार तथा राहत कार्यमा जुट्न आग्रह गरेका छन् । नेविसंघले देशभर राहत संकलन अभियान सञ्चालन गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्