२४ जेठ २०८३, आइतबार

स्थानीय चुनावका लागि सल्यानमा १११ मतदान केन्द्र

कात्तिक २०, २०७४
स्थानीय चुनावका लागि सल्यानमा १११ मतदान केन्द्र

सल्यान, १३ चैत– आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १११ वटा मतदान केन्ह सिफारिस गरी पठाइएकोे छ ।

संविधानसभाको निर्वाचनमा १३८ वटा मतदान केन्द्र रहेकामा स्थानीय तहको नयाँ संरचनासँगै घटाएर १११ वटा बनाउन सिफारिस गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकी संयोजक रहेको जिल्ला मतदान केन्द्र पुनरालोकन समितिको बैठकले भूगोल, इलाका र क्षेत्रलाई मिलाएर उक्त केन्द्र राख्न निर्वाचन आयोगमा सिफारिस पठाएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिए ।

भूगोल, इलाका र क्षेत्रलाई मिलाउँदा २७ वटा मतदान केन्द्र हटाउन आवश्यक भएकाले जिल्लामा क्रियाशील राजनीतिक दलसहितको बैठकले १११ वटा केन्द्र बनाउने निर्णय गरेर सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकारी शर्माले बताए ।

सिफारिसअनुसार थोरै मतदान केन्द्र ढोरचौर गाउँपालिकामा छ भने सबैभन्दा धेरै वनगाडकुपिण्डे नगरपालिकामा १८ वटा मतदान केन्द्र तोकिएको छ । यस्तै गाउँपालिकातर्फ कपुरकोटमा १०, कालीमाटीमा ११, कुमाखमालिकामा १०, छत्रेश्वरीमा नौ, त्रिवेणीमा आठ र दार्मामा नौ वटा केन्द्र ताकिएको र नगरपालिकातर्फ बागचौरमा १४ र शारदामा १६ वटा केन्द्र तोकिएको छ ।

स्थानीय तह पुनःसंरचना आयोगले सल्यानमा तीन नगरपालिका र सात गाउँपालिका बनाएको छ । जिल्लामा मतदाताको सङ्ख्या एक लाख २२ हजार, ४२५ मा पुरुष ६१ हजार २१९ र महिला ६१ हजार २०६ छ ।

जिल्ला निर्वाचन कार्यालयले निर्वाचनसम्बन्धी तयारीलाई समेत तीव्र बनाएको छ । कार्यालयले आवश्यक जनशक्ति विवरण तयार पार्ने, सरोकारवालासँग समन्वयन गर्नेलगायतका आन्तरिक तयारीका कामलाई तीव्र बनाएको जिल्ला निर्वाचन अधिकारी शर्माले बताए । थानीय तहको निर्वाचनमा भाग लिन यहाँ १५ वटा राजनीतिक दल दर्ता भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्